सामाजिक सञ्जालमार्फत जीवन्त संवादमा सरकार

काठमाडौँ, २ भदौ: सरकारले सञ्चार तथा सूचनाका क्षेत्रमा उपलब्ध नयाँ प्रविधिको भरपुर प्रयोग गरी नागरिकसँग जीवन्त संवाद गर्ने भएको छ ।

लोककल्याणकारी र पारदर्शी सरकारको अवधारणाअनुसार नागरिकसँग प्रत्यक्ष संवादका लागि समाजिक सञ्जाललाई व्यापकरुपमा प्रयोग एवं सञ्चालनमा ल्याउन लागेको हो ।

जनताका गुनासो सुन्ने र त्यसलाई कार्यान्वयन गर्ने तथा दोहोरो संवाद गरी सरकारी निकायप्रतिको विश्वासमा समेत वृद्धि गर्ने लक्ष्य राखिएको हो । विज्ञान प्रविधिको उच्चतम् प्रयोग गर्दै नागरिक र सरकारबीचको सम्बन्धलाई थप मजबूद बनाउन यस्तो प्रयास गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

सरकारी निकायको जनतासँग संवाद मजबूत गर्न, सूचना प्रवाहलाई तीव्रता दिन र आदानप्रदान गर्न तथा जनगुनासालाई शीघ्र सम्बोधन गर्न सामाजिक सञ्जाल सञ्चालनमा ल्याउन लागिएको हो । विद्युतीय कारोवार ऐन, २०६३ को दफा ७९ बमोजिम सरकारी निकायले सामाजिक सञ्जाल सञ्जालनमा ल्याउन लागिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here