खबरै खबर संबाददाता
नेपालगन्ज (बाँके) ९ चैत्र,आईतबार
गुरुकुल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ग्राहकलाई सुविधाको लागि हात धुने व्यवस्था गरेको छ।संस्थाका संचालक समितिका अध्यक्ष सुरेन्द्र सिंह सरदारले एक कार्यक्रम गरी उदघाटन गरेका हुन्।”साबुन पानीले हात धोऔ ,मास्क लगाऔं ,अनावश्यक भिडभाडमा नजाऔं, कोभिड-१९ (कोरोना भाइरस ) बाट आफु पनि बचौ र अरुलाइ पनि बचाऔ” भन्ने कुरालाई जोड दिनु भयो। संस्थाका व्यवस्थापक टीका राम चौधरीले” कोरोना भाइरसलाई मध्य नजर गरी सञ्चालन ल्याएको बताए। संस्थाका गुरुकुल बचत तथा ऋण सहकारी संस्था लिमिटेड ले हात धुने व्यवस्था गरेको बताए। भाइरस विरुद्ध गुरुकुल बचत तथा ऋण सहकारी संस्था लिमिटेड ,नेपालगन्ज -२ बाँकेले हात धुने व्यवस्था सानो अभियानको रूपमा सुरुगरेको सहायक कर्जा अधिकृत उज्ज्वल गिरीले बताउनुभयो।

