साफ यु–१८ च्याम्पियनसिपको विजेता टोलीलाई एन्फाले जनही २ लाख दिने

काठमाडाैं,२३ असाेज-साफ यु-१८ च्याम्पियनसिपको विजेता टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनही २ लाख रुपैयाँले पुरस्कृत गर्ने भएको छ ।

भुटानमा दुई साताअघि भएको प्रतियोगितामा नेपालले भारतलाई २-० ले हराउँदै उपाधि जितेको थियो ।

२३ सदस्य खेलाडीसँगै मुख्य प्रशिक्षक छिरिङ लोप्साङ, सहायक प्रशिक्षक पुष्कर शाही र गोलरक्षक प्रशिक्षक मृगेन्द्र मिश्र टोलीका सदस्य थिए ।  एन्फाका केन्द्रीय सदस्य गणेश चन्द व्यवस्थापक रहेको टोलीको फिजियोमा राजु दाहाल थिए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here