काठमाडौं, २ भदौं– १५ वर्षमुनिको दक्षिण एशियाली फुटबल साफ च्याम्पियनसिप आजदेखि काठमाडौमा सुरू हुँदै छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने उद्घाटन खेलमा आज समूह ‘ए’का बंगलादेश र श्रीलंका प्रतिस्पर्धा गर्दैछन् ।
प्रतियोगितामा ५ दक्षिण एसियाली टोलीले प्रतिस्पर्धा गर्नेछन् । आयोजक नेपालसँगै भारत र माल्दिभ्स समूह बी मा छ भने बंगलादेश, भुटान र श्रीलंका समूह ए मा छ ।
समूह ‘बी’मा रहेको नेपालले आफ्नो पहिलो खेल भने भोली माल्दिभ्ससँग खेल्दै उद्घाटन गर्नेछ । दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगितामा पाकिस्तानले भने सहभागिता जनाएको छैन ।
गत वर्ष पहिलो संस्करण यु–१६ च्याम्पियनसिप भएपछि एएफसीले यस पटकदेखि यु–१५ च्याम्पियनसिपको आयोजना गर्न लागेको हो ।

