सात सय मदिरा नियन्त्रणमा

गौशाला, १६ असार-महोत्तरी जिल्लामा मदिरा उत्पादन, बिक्री वितरण, ओसारपसार विरुद्ध सर्च अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालयले सात सय १५ लिटर तयारी मदिरा नियन्त्रणमा लिएको छ ।

त्यस्तै एक हजार ८५० लिटर कच्चापदार्थ समेत नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कडायतले बताउनुभयो ।

छिमेकी जिल्ला धनुषामा तीन दिनअघि घरेलु विषाक्त मदिरा खाएर छ जनाको मृत्यु भएपछि महोत्तरी प्रहरीले पनि जिल्लामा घरेलु मदिरा उत्पादन, बिक्री वितरण तथा ओसारपसार विरुद्ध आजदेखि अभियान चलाएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट एक सय ३३ जना प्रहरी खटिएर जिल्लाको विभिन्न भागबाट सयौं लिटर तयारी मदिरा तथा कच्चा पदार्थ नियन्त्रणमा लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here