सातै प्रदेशका शिक्षा हेर्ने मन्त्रीहरुले केन्द्रका शिक्षामन्त्रीसँग गुनासो गरे “सेनाबिनाको सेनापति भयौं’

काठमाडौं, २६ चैत । शिक्षा क्षेत्र समेत हेर्ने सातवटै प्रदेशका सामाजिक विकास मन्त्रीहरुले निति नियम, कर्मचारी र स्रोत साधनको अभावमा प्रदेश सरकार र मन्त्रालयहरु ‘सेनाबिनाको सेनापति जस्तो’ भएको गुनासो गरेका छन् ।

नुमना कानुन निर्माण, कर्मचारी व्यवस्थापन र स्रोत साधनको प्रबन्ध गरिदिन उनीहरुले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलसँग आग्रह गरे । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी दिनका लागि नीति कार्यक्रम बनाउन सात वटै प्रदेशका शिक्षा क्षेत्र समेत हेर्ने सामाजिक विकास मन्त्रीसँग आईतबार सुझाव संकलन गरेको थियो ।

प्रदेश सरकार स्वायत्त भएपनि संक्रमणकालिन समयमा केन्द्रिय सरकारले सघाउ गर्नुपर्ने उनीहरुको सुझाव थियो । आजको कान्तिपुरमा खबर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here