साढे दुई लाख नागरिकको स्वास्थ्य बिमा

भरतपुर, १९ फागुन  :चितवनमा साढे दुई लाख नागरिकले स्वास्थ्य बिमा गरेका छन् । स्वास्थ्य बिमा लागू भएपछिको अवधिमा सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत स्वास्थ्य बिमा गर्ने नागरिकको सहभागिता उत्साहजनक देखिएको छ ।

अठ्तीस जिल्लामा लागू भएको यो कार्यक्रम चितवनमा सबैभन्दा बढी प्रभावकारी भएको सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम चितवनका समन्वयकर्ता नारायण सापकोटाले बताउनुभयो । ‘‘देशभर १६ लाख नागरिकले स्वास्थ्य बिमा गरेका छन्’’, सापकोटाले भन्नुभयो “त्यसमध्ये साढे दुई लाख चितवनका मात्रै छन् ।” बिमा गर्ने र सेवा लिने दुबैमा चितवन अगाडि रहेको उहाँले बताउनुभयो ।

गुणस्तरीय स्वास्थ्य सेवामा सबै नागरिकको समान पहुँच सुनिश्चित गर्न सरकारले बिमा कार्यक्रम लागू गरेको थियो । दिन प्रतिदिन बिमाप्रति नागरिकको आकर्षण बढेको सापकोटाले बताउनुभयो । ‘‘वार्षिक रुपमा बिमा नवीकरण गर्नेको सङ्ख्या पनि राम्रो छ’’, उहाँले भन्नुभयो’,“नवीकरण नगरेका पनि बिरामी भएपछि आफै बिमा गर्नका लागि खोज्दै आउने गरेका छन् ।” सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम गतवर्षको असार १ गतेबाट चितवनमा लागू गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here