साढे दुई करोड धरौटी रकम बुझाएर छुटे खड्का

काठमाडौँ, २९ माघ। भ्रष्टाचार मुद्दामा मुछिएका नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्का विशेष अदालतमा धरौटी रकम बुझाएर छुटेका छन्। अदालतमा २ करोड ५० लाख रुपैयाँ धरौटी बुझाएर उनी आज छुटेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दामा विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, सदस्य प्रमोदकुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको संयुक्त इजलासले २ करोड ५० लाख रुपैयाँ धरौटी माग गर्ने आदेश दिएको हो ।

खड्काको धरौटी रकमका लागि आज नै नेपाल इन्भेस्टमेन्ट बैंक ग्यारेन्टी बसेकाले उनी तारेखमा छुटेका छन् । अख्तियारले खड्काको आम्दानीको १८ करोड ६६ लाख रुपैयाँ स्रोत नखुलेको उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here