साढे एक करोड बढी कर सङ्कलन

काठमाडौं, २ असार– काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको एक महिनामात्र बाँकी रहँदा लक्ष्यभन्दा एक करोड ५५ लाख बढी विज्ञापन कर सङ्कलन गरेको छ ।
चालु वर्षका लागि विज्ञापन करमा पाँच करोड लक्ष्य लिइएको भएपनि हालसम्म छ करोड ५५ लाख सङ्कलन भइसकेको राजस्व महाशाखा प्रमुख ध्रुव काफ्लेले जानकारी दिनुभयो ।

काफ्लेका अनुसार आव २०७२÷७३ मा चार करोड १७ लाख सङ्कलन गरिएको थियो । चालु आर्थिक वर्षमा अहिलेनै लक्ष्यभन्दा एक करोड ५५ लाख बढी सङ्कलन भइसकेको छ ।
केही वर्षयता नियमअनुसार विज्ञापन नराख्ने र सहर कुरुप बनाउनेलाई काठमाडौ महानगरपालिकाले कडारुपमा कारबाही गर्दै त्यस किसिमको विज्ञापन आफ्नै सक्रियतामा हटाउन थालेपछि यस किसिमको उल्लेखनीय सुधार भएको काफ्लेको दाबी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here