साझा बसमा पेट्रोल छर्केर आगजनी

काठमाडौं, फागुन २८ – काठमाडौंको बालाजु बाइपासमा साझा बसमा आगजनी भएको छ । नचिनेका दुई जना यात्रुका रुपमा बसमा चढी पेट्रोल छर्किएर आगजनी गरेका प्रहरीले जनाएको छ ।

आगजनीबाट बा ४ ख ५६ ४८ नम्बरको बसका केही सिट जलेर नष्ट भएका छन् । आगजनीमा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here