साउन महिनाको अन्तिम सोमबार आज

काठमाडौं, ३० साउन– साउन महिनाको अन्तिम सोमबार आज, देशभरका शिवालयमा श्रद्धालुहरुको भिड लागेको छ । साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएका महिलाले आज विधिपूर्वक व्रत समाप्त गर्दैछन् ।

काठमाडौंको पशुपतिनाथ, भक्तपुरको डोलेश्वर महादेव, ललितपुरको कुम्भेश्वर, पूर्वको महादेव भनेर चिनिने हलेसी, सुनसरीको पिण्डेश्वर, म्याग्दीको गलेश्वर, कपिलवस्तुको कुशेश्वर, पर्वतको गुप्तेश्वर, जनकपुरको कपिलेश्वर, जलेश्वरको सिरेश्वर र कलानेश्वर लगायतका शिवालयमा बिहानैदेखि भक्तजनको घुईंचो लागेको छ ।

चितवन, नवलपरासी र तनहुँको संगमस्थल देवघाटधाममा पनि साउनको अन्तिम सोमबार पूजा गर्ने र बोलबम मेला भर्नेको घुईंचो लागेको छ ।

साउन महिनामा देवघाटमा रहेको कालिगण्डकी र नारायणको संगमस्थल बेनीघाटमा स्नान गरी त्यहाँको जल लगेर महादेवलाई चढाए चारधाम गएसरहको पूण्य प्राप्त हुने धार्मिक विश्वास छ ।  यस पटक साउनमा ५ वटा सोमबार परेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here