सांस्कृतिक कार्यक्रममा भागदौड हुँदा १७ को मृत्यु

एजेन्सी:भेनेजुएलाको राजधानी कराकस नजिकैको एक माध्यमिक विद्यालयका विद्यार्थीहरुले स्थानीय क्लबमा आयोजना गरेको खानपिन र सांस्कृतिक कार्यक्रमा अकस्मात एक युवकले अश्रुग्यास हानेपछि भएको भागदौडमा १७ जना मारिएका छन् ।

शनिबार सो दुर्घटना भएको थियो । आफ्नो परीक्षा सकिएको अवसरमा ती विद्यार्थीले उक्त क्लबमा खानपिनको आयोजना गरेका थिए ।

सोही कार्यक्रममा सहभागी एक युवकले अश्रुग्यास खोलिदिएको पाइएको छ । जसका कारण सहभागीहरुमा ठूलो भागदौड मच्चिएको थियो ।

भागदौडका कारण ती युवायुवतीको ज्यान गएको बताइएको छ । त्यहाँ करिब ५०० विद्यार्थी सहभागी रहेका थिए । उनीहरु भाग्ने क्रममा कुल्चिएर धेरैको ज्यान गएको छ । मृत्यु हुनेमा अधिकांश विद्यार्थी नै परेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here