सहायता पुर्‍याउन अनुमति दिने

 

एजेन्सी–साउदी अरब नेतृत्वको गठबन्धनले यमनको विद्रोही नियन्त्रित क्षेत्रहरुमा मानवीय सहायता पुर्‍याउन अनुमति दिने भएको

छ । संयुक्त राष्ट्रसंघको आग्रहपछि साउदी गठबन्धनले विद्रोही नियन्त्रित क्षेत्रहरु हुदयदाह बन्दरगाह र साना विमानस्थलमा सहयोग पठाउने अनुमति दिएको हो ।

दुई साताअघि साउदीको रियादमा बिद्रोहीले क्षेप्यास्त्र आक्रमण गरेपछि सुरक्षा खतरा रहेको भन्दै साउदी गठबन्धनले नाकाहरुमा कडा प्रतिबन्ध लगाएको थियो । यमनमा मानवीय संकट बढ्दै गएपछि सरकार नियन्त्रित हवाई तथा सामुद्रीक नाकाहरु गत साता खुल्ल गरिएको थियो ।

त्यो पर्याप्त नभएको र यमनका विभिन्न स्थानमा भोकमरी बढ्दै गएको भन्दै राष्ट्रसंघले अन्य नाकाहरु समेत खुलाउन आग्रह गरेको थियो । मानवीय सहायता पुर्‍याउनका लागि गठबन्धनले रेड सी बन्दरगाह र साना विमानस्थलको नाका खुकु्लो पार्ने बीबीसीले उल्लेख गरेको छ । यमनमा २ करोड मानिसलाई तत्काल मानवीय सहातयाको आवश्यकता भएको राष्ट्रसंघले जनाएको छ । यमनले ८० प्रतिशत खाद्य सामग्री बाहिरी मुलुकबाट आयात गर्छ ।

नाकाबन्दीअघि पनि यमनमा खाद्य संकट रहदै आएको थियो । युद्ध चर्किएपछि स्वच्छ खानेपानी, खाद्य अभाव लगायत समस्याले यमनमा ४ लाख बालबालिकाहरु कुपोषणको उच्च जोखिममा रहेको राष्ट्रसंघको तथ्यांक छ ।  सरकार र हुथी विद्रोहीबीच चर्किएको युद्धका कारण यमन अहिलेसम्म ८ हजार ६ सय ७० जनाको मृत्यु भईसकेको र ४९ हजार ९ सय ६० जना घाईते छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here