काठमाडौं, २० चैत– जारी राजनितिक गतिरोध अन्त्यका लागि प्रधानमन्त्री पुष्पकमल दाहालले आजपनि छलफललाई निरन्तरता दिनुहुने भएको छ ।
पछिल्लो समय विभिन्न भेटवार्तामा सहभागि प्रधानमन्त्रीले आज मधेशी जातीय समन्वय समाजको डेलिगेसन बुझ्ने कार्यक्रम रहेको छ । विहान साढे १० बजे सिंहदरबारमा डेलिगेसन बुझ्ने कार्यक्रम रहेको उहाँको निजी सचिवालयले जनाएको छ ।
त्यस्तै प्रधानमन्त्रीले सत्तापक्ष र प्रतिपक्ष दलका शीर्ष नेताहरुसँग छलफल गर्ने तयारी गर्नुभएको छ । तर छलफलको समय भने टुंगो लागि नसकेको जनाइएको छ ।
मधेसी मोर्चासँग छलफल गरेर सीमांकन बाहेकका विषयमा संविधान संशोधन गर्ने सैद्धान्तिक सहमति गर्नुभएका प्रधानमन्त्री दाहालले छलफललाई अगाडी बढाउनुभएको छ ।
संविधान संशोधनको प्रक्रियालाई अगाडी बढाउने जिम्मा पाउनुभएका प्रधानमन्त्रीले स्थानीय निकायको निर्वाचन, सीमाङकन, संविधान संशोधन लगाएतका बारेमा दलहरुसंग छलफल गरेर प्रक्रियालाई अगाडी बढाउने तयारी गर्नुभएको छ ।

