सशस्त्र र एसएसबीको संयुक्त गस्ती

रौतहट,१५ मंसिर– दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा रौतहटमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । भारतसँग सीमा जोडिएको रौतहटमा सशस्त्र प्रहरी बलले छुट्टाछुट्टै चेक प्वाइन्ट राखेर दर्जनौं स्थानमा सवारीसाधन चेकजाँच गरिरहेका छन् भने सिमावर्ती क्षेत्रहरुमा पनि निगरानी बढाइएको छ ।

सशस्त्रले २६ किलो मिटर लामो खुल्ला सीमानामा भारतीय सीमा सुरक्षा बल एसएसबीसँगको सहकार्यमा संयुक्त गस्ती सुरु गरेको छ । निर्वाचनका समयमा खुल्ला सिमानाका कारण अपराधिक क्रियाकलापहरु बढ्न सक्ने भन्दै संयुक्त रुपमा गस्ती बढाइएको सशस्त्र प्रहरी उपरीक्षक प्रेमराज पोखरेलले जानकारी दिनु भयो ।

नेपाल भारत सुरक्षा अधिकारीहरुबीच भएको छलफलका आधारमा निर्वाचनलाई लक्षित गरेर सीमा क्षेत्र कडाइ गरिएको उहाँले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here