सवारी दुर्घटना न्युनिकरणका लागी ट्राफिक नियमको हरेक दिन प्रशिक्षण

भीम नेपाली ,प्रयाग गुप्ता
नेपालगञ्ज, बाँके
पौष ३ बिहीबार
बाँके जिल्ला ट्राफिक कार्यालयले सवारी दुघर्टना न्यूनीकरण का लागि चम्किलो स्टिकर सहित हरेक दिन ट्राफिक नियम को प्रशिक्षण सञ्चालन गरेको छ। नेपालगन्ज को विभिन्न चोक अन्तर्गत आज पुस्पलाल चोक नजिक जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक पबिन्द्र बम को नेतृत्व मा ट्राफिक  नेपालगंज को नगर कमाण्ड ओम पौडेल समेत सडकमा खटेर प्रत्येक साना गाडीमा चम्किलो स्टिगर टासेका छन। हरेक दिन यसरी ट्राफिक प्रहरी सडकमा खटेर दुर्घटना नयूनीकरणका लागी पर्ने समेत ट्राफिक प्रमुख ले बताए। नेपालगंज उपमहानगर पालिका नगरक्षेत्र भित्र चल्ने बिभिन्न खालका सवारी साधनहरु मौसमका कारण  रातको सययमा प्रष्ट नदेखिने हुँदा दुर्घटना न्युनिकरणका लागि स्टिकर टाँस्दै आएको नगर ट्राफिक प्रहरी प्रमुख ओम पौडेल ले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here