काठमाण्डाैं, २४ वैशाख । सभामुख ओनसरी घर्तीले संसदको विशेषाधिकार माथि सर्वाेच्च अदालतले हस्तक्षेप गरेको आरोप लगाउनुभएको छ ।
राजधानीमा पत्रकार सम्मेलन गर्दै सभामुख घर्तीले संसद सचिवालयमा यहि बैशाख १७ गते दर्ता भएर बिधिवत रुपमा अघि बढेको प्रधानन्यायधीश सुशीला कार्कीबिरुद्धको महाअभियोगको प्रस्ताव कसरी अघि बढाउने भन्ने अधिकार संसदको भएको बताउनुभएको हो ।
संविधानले राज्यका प्रमुख तिनवटै निकाय कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका आ आफ्नो कार्यक्षेत्र तोकेकोले सबै अंग संवैधानिक सीमाभित्र रहनुपर्छ भन्ने आफ्नो मान्यता रहेको बताउनुभयो ।
राज्यका प्रमुख निकायबीच टकराव हुँदा लोकतन्त्रलाई संस्थागत गर्न र आसन्न निर्वाचन समेत प्रभावित हुने भएकोले छलफलबाटै समस्याको समाधानका लागि संसद बैठक जेठ ४ गतेसम्मका लागि स्थगित गरेको जानकारी दिनुभयो ।
यसअघि आज दिउँसो १ बजे बोलाईएको संसद बैठक बस्दै नबसी सुचना टाँस गरेर स्थगित गरिएको थियो ।

