सर्वोच्च अदालतको जिम्मा कस्लाई ?

काठमाडौं,२० साउनःकायम मुकायम प्रधानन्यायाधीश दिपकराज जोशी १५ दिन विदामा बसेपछि सर्वोच्च अदालतको नियमित काम कारवाही आजदेखि बरिष्ठ न्यायाधीश ओम प्रकाश मिश्रले सम्हाल्नुभएको छ ।

कायम मुकायम प्रधानन्यायाधीश जोशी विदामा बसेसँगै वरिष्ठताको आधारमा मिश्रले सर्वोच्चको कायम मुकायमको जिम्मेवारी सम्हाल्नु भएको हो । वरिष्ठतम् न्यायाधीश मिश्रले आज विभिन्न ९ वटा बेन्चमा ४ सय २१ वटा पेशी तोक्नुभएको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिनुभयो ।

उहाँले न्यायपरिषदको नेतृत्व समेत सम्हाल्नुभएको छ ।  संसदीय सुनुवाई विशेष समितिबाट प्रधानन्यायाधीशमा अयोग्य ठहरिएपछि कायम मुकायम प्रधानन्यायाधीश जोशी आजबाट १५ दिनको विदामा बस्नुभएको हो ।

जोशीले विज्ञप्ति निकालेर नै आफ्नो शैक्षिक प्रमाणपत्र र योग्यता माथि उठेका प्रश्नबारे त्यथ्यगत खोजविन नगरी सञ्चार माध्यममा आएका समाचारलाई आधार बनाएर समितिले हचुवाका भरमा निर्णय गर्दा आफुलाई अन्याय भएको आरोप लगाउनुभएको छ ।

जोशीको नाम अस्विकृत भएपछि संवैधानिक परिषदले सम्भवत अब मिश्रलाई नै प्रधानन्यायाधीश नियुक्तीका लागि सिफारिस गर्नेछ । प्रधानन्यायाधीशमा मिश्र नियुक्त भए उमेर हदका कारण उहाँको पदावधी आगामी पुष १९ मा सकिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here