सर्वाधिक पुरस्कार राशीको महिला भलिबल प्रतियोगिता आगामी असोजमा

काठमाडौं,१७ साउनःसर्वाधिक पुरस्कार राशीको आधीआवाधी महिला भलिबल लिग प्रतियोगिता आगामी असोज तेस्रो साता हुने भएको छ । नेपाल भलिबल संघले आज राजधानीमा पत्रकार सम्मेलन गरेर  असोज १५ देखि २० गतेसम्म हुने प्रतियोगितामा ६ टोली सहभागी हुने जानकारी दिएको हो । टोलीले ४ जना भारतीय खेलाडी टिममा राखी ३ जनालाई खेलाउन सक्नेछन् ।

प्रतियोगितामा ३ विभागीय सहित काठमाण्डौ क्वीन्स, चितवन टाईग्रेस र पोखरा पिन्केज गरी ६ वटा टीमको सहभागिता रहने छ । विजेताले ६ लाख, उपविजेताले ३ लाख र तेस्रो हुनेले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले एक थान स्कुटर र ५० हजार रुपैयाँ पाउनेछन् ।

सहभागी टोलीलाई तयारी खर्चका लागि १ लाख २५ हजार रुपैयाँ उपलब्ध गराउने भलिबल संघका महासचिव जितेन्द्र चन्दले जानकारी दिनुभयो । संघले प्रतियोगिताको मुख्य प्रायोजक भारतीय संस्था आधीआवाधी फाउन्डेशनसँग १० वर्षका लागि प्रायोजन सम्झौता समेत गरेको छ ।

सम्झौता अनुसार फाउन्डेशनले हरेक वर्ष संघलाई १५ लाख रुपैयाँ उपलब्ध गराउनेछ । फाउन्डेसनका प्रमुख कार्यकारी अधिकृत दिनेश कुमार सिंहले नेपालमा महिला शसक्तीकरणका लागि खेल संघसँग सहकार्य गरिएको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here