सर्वाधिकार सम्पन्न १४ सदस्यीय संसदीय समिति गठन गर्न काँग्रेस

काठमाडौं,२४ असोज– प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीको तर्फबाट हुने उम्मेदवारको छनोट गर्न सर्वाधिकार सम्पन्न १४ संसदीय समिति गठन गर्नु हुने भएको छ ।
सभापति देउवाले सदस्यहरूको नाम आज सार्वजनिक गर्ने तयारी गर्नुभएको कांग्रेसले जनाएको छ । समितिमा सभापति देउवा, महामन्त्री शशाङ्क कोइराला र कोषाध्यक्ष सीतादेवी यादव पदेन सदस्य हुनुहुन्छ भने अन्य ११ जना सदस्यको नाम पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका नेतासँगको परामर्शमा चयन गर्नु हुनेछ ।

पार्टी बैठकले सभापति देउवालाई संसदीय समिति गठन गर्ने अधिकार यसअघि नै प्रदान गरेको छ ।  पार्टीका सचिव प्रकाश शर्माका अनुसार, ७७ जिल्लामध्ये प्रदेश २ का पर्साबाहेक सात जिल्ला र सिन्धुली, रोल्पा, रुकुमलगायत जिल्लाबाट उम्मेदवारहरूको विवरण आउन बाँकी रहेको जानकारी दिनुभयो ।

उहाँले असोज १७ भित्र उम्मेदवारहरूको विवरण पठाउन निर्देशन दिए पनि कतिपय जिल्ला कार्यसमितिबाट आउन बाँकी रहेको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here