सर्वसाधारणलाई ठक्कर दिएको पुर्वप्रधानमन्त्रीको पछुवा गाडीका चालकलाई पाँच सय मात्रै जरिवाना

काठमाडौं,१८ चैत । बानेश्वरमा स्कुटरलाई ठक्कर दिने पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको पछुवा गाडीलाई ट्राफिक महाशाखाले कारबाही गरेको छ। चन्दको स्कर्टिङका क्रममा बा ४५ प २९३४ नम्बरको स्कुटरलाई ठक्कर दिने बा१झ ९५२७ नम्बरको सशस्त्र प्रहरी बलको गाडीलाई आज महाशाखाले कारबाही स्वरूप पाँच सय रुपैयाँ जरिवाना गरेको हो।

चालक सन्तोष घिमिरेलाई महाशाखामै बोलाएर पाँच सय रुपैयाँ जरिवानाको चिट थमाएको हो। बिनाकारबाही छोडेको आरोपमा प्रहरीको व्यापक आलोचना भएपछि महाशाखाले आज कारबाही गरेको हो। लापरबाहीपूर्वक सवारी चलाएको देखिएकाले कारबाही गरेको महाशाखा प्रमुख एसएसपी पन्तले जानकारी दिनुभयो ।

प्रहरीले चिट पूर्जी समेत सार्वजनिक गरेको छ। यसअघि पन्तले साधारण घटना भन्दै ठक्कर दिने गाडीलाई छोडिएको बतउनुभएको थियो । बानेश्वर वृत्तमा दुई पक्षको सहमति भन्दै बिनाकारबाही प्रहरीले मिलापत्र गराएको थियो। शुक्रबार चन्दको स्कर्टिङको पछुवा गाडीले बानेश्वरमा सन्तोष कुँवर र उनकी श्रीमती अम्बिरा कार्की सवार स्कुटरलाई ठक्कर दिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here