अंकित डि.सी
दाङ ३ पौष
लोक गायक तथा सर्जक मथुरा प्रशाद् श्रेष्ठ लाई डान्स आईकन नेपाल (डिआईएन) “उज्ज्वल नक्षत्र” सम्मान प्रदान गरीने घोषणा गरीएको छ ।
डान्स आइकन नेपालका अध्यक्ष बिष्णकमार देवकोटाले आफ्नी स्वर्गीय ममतामयी आमा हिमालय देवी देवकोटाको स्मृतिमा स्थापना गर्नुभएको “हिमालय उज्ज्वल नक्षत्र” पुरस्कारले सम्मान गर्नै घोषणा गर्नुभएको देवकोटाले जानकारी दिनुभयो ।
कला क्षेत्रको उत्थान एवं कला श्रीजनामा अब्बल जिल्लाका विभिन्न सर्जकहरुमध्ये एक जनालाई प्रतिबर्ष सम्मान गर्नै उदेस्यले स्थापित “हिमालय उज्ज्वल नक्षत्र”को पहिलो बर्ष सर्जक मथुरा प्रशाद् श्रेष्ठलाई प्रदान गरीन लागेको “हिमालय उज्ज्वल नक्षत्र” संस्थापक बिष्णुकुमार देवकोटाले जानकारी दिनुभयो ।
दाङ जिल्लामा बिभिन्न साँगितिक कार्यक्रमहरुको आयोजना गर्दै आउनुभएका देवकोटा आफैपनि कलाकार हुनुहुन्छ ।
श्रेष्ठलाई डान्स आईकन नेपालको मेघा राउण्डमा नगद् ५ हजार सहित प्रमाण पत्रसहित दोसल्ला ओढाएर सम्मान गरीने छ ।

