सुरज मेघनाथ
माघ १६ / नेपालगन्ज
आज बाँकेको खजुरा गाउँपालिका वडा २ स्थित के गाउँ मा रहेको लर्ड बागेश्वरी विध्या निकेतनका सस्थापक तथा प्रबन्धक निर्देशक ललित डि.सि लगायत ब्यस्थापन समीतिका अध्यक्ष र विधाथी भाई बहिनी बाट सरस्वती माताको पुजाआजा गरिएको छ।
बाँकेको खजुरा गाउँपालिका को वडा नम्बर २ स्थित लर्ड बागेश्वरी विध्या निकेतन को सरस्वती मन्दिरमा पुजाआजा गर्नलाई अभिभावक तथा विधाथी भाई बहिनीहरुको ठुलो घुइँचो लागेको छ। विद्याकी अधिष्ठात्रीदेवी सरस्वतीको पुजाआजा गर्न बिद्यार्थीदेखि वृद्धबृद्दाहरु लर्ड बागेश्वरी विध्या निकेतन को सरस्वती मन्दिरमा जम्मा भएर पुजाआजा गरिरहेका छन् ।
सोही लर्ड बागेश्वरी बिध्या निकेतन मा प्रदेश नम्बर ५का सान्सद बाबुराम गौतम लागायत सोही वडाका वडा अध्यक्ष देबि लाल शर्मा पनि विशेष अथिती रहि पुजाआजा गरिएको छ ।
यस्तै यस लर्ड बागेश्वरी बिध्या निकेतन मा आज सरस्वतीको पुजाआजा गरिएकोछ। स्कुलमा सबै विद्यार्थीहरु जम्मा भएर सरस्वतीको पुजाआजा गर्दैछन् । बिद्याकी देवी सरस्वतीको पुजाआजा गरेर आजैका दिनमा बालबालिकालाई कलम समाउने दिन समेत भएकाले अभिभाबहरुले आफ्ना छोराछोरीलाई पठाउने गरेका छन् । तेस्सै गरि सरस्वतीको पुजा अबसर पारी आज लर्ड बागेश्वरी बिध्या निकेतन मा निशुल्क आखा जाँच शिबिर पनि सन्चालन गरेका छन्

