सरसफाइ अभियानको दुई सय ६५ औं हप्ता, सफा भयो त वाग्मती ?

काठमाडौं,२७ जेठ । हरेक साता वागमती सफा गर्ने नाममा केही व्यक्ति, सरकारी अभिकारी, सुरक्षा निकायलगायतका मानिस सहभागी हुन्छन् ।

सरसफाइ अभियानमा देशका नेता र नाम चलेका व्यक्तित्वहरुसहित हजारौं सहभागी भइसके, र हुने क्रम जारी छ ।

हालसम्म १२ हजार मेट्रक टनभन्दा बढी फोहोर निकालिसकिएको वाग्मती सरसफाइ अभियानले जनाएको छ ।

तर जम्मा २८ किलोमिटर वाग्मती पटकपटक सफा गरिँदा पनि हरेक पटक उत्तिकै फोहोर निस्किन्छ, खास कमी भएको पाइन्न ।

अहिले सरसफाइ अभियानको दुई सय ६५ औं हप्ता मनाइयो ।

अभियानमा प्रतक्ष्य सहभागी रहने गरेका अभियन्ता डा। राजु अधिकारी भन्छन्, नयाँ ठाउँमा सरसफाइ थर्दा ४र५ ट्रक र पुरानो ठाउँबाट हरेक पटक १र२ ट्रकसम्म फोहोर निस्किरहेको हुन्छ । वाग्मती सफा हुन सबैभन्दा पहिले सबै सहायक नदी सफा हुनुपर्छ । आजको कान्तिपुरमा यो समाचार छापिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here