सरकार समृद्धिको यात्रामा: मन्त्री कार्की

झापा, ८ भदौ:प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले सुखी र समृद्ध मुलुक निर्माणका लागि सरकार अघि बढेको बताउनुभएको छ ।

झापाको बिर्तामोड नगरपालिकालाई खुला दिसामुक्त नगर घोषणा गर्न आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले समृद्ध नेपाल निर्माणका लागि कार्ययोजना बनाएर सरकार अघि बढेको बताउनुभयो । “मुलुक समृद्धिको यात्रामा छ”, उहाँले भन्नुभयो, “धेरै समस्या आइरहेका छन्, तर यो यात्रा रोकिनेवाला छैन ।”

उहाँले सरकार कछुवा गतिमा नभई चितुवाको गतिमा अघि बढिरहेको बताउनुभयो । “सरकार किस्ताबन्दीमा होइन, तीव्र गतिमा अघि बढिरहेको छ”, उहाँले भन्नुभयो, “विकासको गतिमा गुणात्मक फड्को मार्नुपर्छ ।”

सरकारले जनताको ढाड सेक्ने गरी कर लियो भनेर भ्रम सिर्जना गरिएको मन्त्री कार्कीले बताउनुभयो । “टमाटरमा कर, डोकोमा कर के–के भनेर भ्रम सिर्जना गरिएको छ”, उहाँले भन्नुभयो, “त्यस्तो केही होइन, हामी जनताका सेवक हौँ, शासक होइन ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here