सरकार संविधान संशोधन प्रस्ताव संसदमा पेश गर्ने तयारीमा

web

काठमाडौं, ११ फागुन– सरकारले आजदेखी व्यवस्थापिका संसदमा संविधान संशोधन विद्येयक पेश गर्ने तयारी गरेको छ ।
यसअघि पटक–पटक संसदमा विद्येयक पेश गर्ने तयारी गरेपछि प्रमुख प्रतिपक्ष दल एमालेको अबरोधका कारण सफल भएको थिएन । निर्वाचनको मिति घोषणाको विरोधमा मोर्चा आन्दोलनमा उत्रिएपछि सहमतिमा ल्याउन प्रधानमन्त्रीले संशोधनको प्रस्तावलाई अगाडी बढाउने तयारी गर्नुभएको छ ।
आज बस्ने संसद बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले संविधानको प्रक्रियालाई अगाडी बढाउने उहाँ निकट स्रोतले जनाएको छ ।

प्रधानमन्त्रीको आह्वानमा हिजो बसेको सर्वदलिय बैठकमा संविधान संशोधनको विद्येयकलाई अगाडी बढाउने सहमति भएपछि आजदेखि प्रक्रिया बढाउने बताइएको छ ।

सरकारले स्थानीय निकायको निर्वाचनको मिति घोषणा गरिसकेकाले त्यसलाई सफल बनाउन संशोधन प्रस्तावलाई अगाडी बढाउन सत्तारुढ दल सहमत भएपछि प्रक्रिया अगाडी बढ्ने देखिएको हो ।
प्रमुख प्रतिपक्षदल नेकपा एमालेले भने यसबिषयमा केहि बोलेको छैन् । संशोधनको विपक्षमा रहेको एमालेले संसदमा प्रक्रिया अगाडी बढ्न दिने नदिनेमा सत्तारुढ दलनै अन्यौलमा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here