सरकार विरुद्ध नेविसंघको प्रदर्शन,यस्ता छन् आगामी विरोधका कार्यक्रम !

काठमाडौं,२३ असार ।  नेपाल विद्यार्थी संघले सरकारले भारतबाट निर्यात हुने तरकारी तथा फलफूल परीक्षण नगर्ने निर्णय गरेको भन्दै आज बालाजुमा प्रदर्शन गरेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघले आज बिहान सरकारविरुद्ध प्रदर्शन गरेको हो ।

भारतको दबाबमा सीमा नाकाबाट भित्रिने तरकारी तथा फलफूलमा विषादी परीक्षण नगर्ने सरकारको निर्णयको विरोधमा प्रदर्शन गरिएको नेविसंघ नेताले जनाएका छन् । नेविसंघले आज देशभरका क्याम्पस अगाडि विषाक्त तरकारी तथा फलफूल प्रदर्शन निर्णय गरेको थियो ।

यस्तै भोली ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्रीलाई विषाक्त तरकारी तथा फलफूल उपहार पठाउने नेविसंघले जनाएको छ ।  असार २५ गते विषाक्त तरकारी, फलफूल बहिष्कार कार्यक्रम तथा प्रचार–प्रसार र पर्चा वितरण गरिने विज्ञप्तिमा   उल्लेख छ ।

नेविसंघले असार २६ गते मसाल जुलुस र असार २७ गते माइतीघरमा बृहत् प्रदर्शन तथा सभा आयोजना गर्ने भएको छ । नेविसंघले हिजो विषाक्त तरकारीसहित काठमाडौंको प्रदर्शनी मार्गमा प्रदर्शन गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here