सरकार र सिकेबीचको ११ बुँदे समझदारी अपरिपक्वः नेता पौडेल

बुटवल,२८ फागुन । काँग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारको काम दिनप्रतिदिन राष्ट्रिय हित विपरित भएको टिप्पणी गर्नुभएको छ । उहाँले सीके राउतसँगको सम्झौताले राष्ट्रिय अखण्डतामाथि नै प्रहार गरेको भन्दै सम्झौतामाथि अनेक प्रश्न उठिरहेको बताउनुभयो ।

प्रेस युनियन, रुपन्देहीले बुटवलमा मंगलबार गरेको पत्रकार सम्मेलनमा नेता पौडेलले ‘सिके राउतसँग गलत सम्झौता गरेर सरकार आफैंले देशको अखण्डतामाथि प्रहार गरेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयोः सरकारले सिके राउतसँग गरेको ११ बुँदे समझदारी अपरिपक्व छ’,

पृथकतावादी आन्दोलन सकिएको भनेर प्रधानमन्त्रीले दिएको अभिव्यक्तिको पनि नेता पौडेलले आलोचना गर्नुभयो । उहाँले प्रधानमन्त्रीले पृथकतावादी आन्दोलन सकियो भन्नु दुश्प्रचार भएको उल्लेख गर्नुभयो । वाइडवडी काण्डमा तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारी निर्दाेष रहेको भन्ने प्रधानमन्त्रीको भनाइप्रति नेता पौडेलले आपत्ति जाउनुभयो ।

अख्तियारलाई समेत चुनौती दिने गरी प्रधानमन्त्रीबाट आएको अभिव्यक्ती ढाक छोप गर्ने प्रपञ्च भएको उहाँको दावी थियो । उहाँले छानबिन समितिले सत्यतथ्य बाहिर ल्याउनेमा पनि शंका व्यक्त गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here