काठमाडौं,२४ फागुन । अचान सरकारले तराईमा आन्दोलन गर्दै आएको सिके राउतसँग सम्झौताको तयारी गरेपछि नेकपामा विवाद बढेको छ ।
आज बसेको नेकपा सचिवालय बैठकमा रावतसंगको सहमतिले सरकारलाई पर्न जाने असरलाई मध्यनजर राख्दै अघिबढ्न भनेपछि विवाद बढेको एक नेताले जनाएका छन् ।
गृहमन्त्री रामबहादुर थापा बादलले गरेको सम्झौतालाई अनुमोदन गर्नका लागि बसेको बैठकमा सचिवालय सदस्यहरूले आपत्ति जनाएका थिए ।
सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र स्वतन्त्र मधेश गठबन्धनका तर्फबाट राउतले हस्ताक्षर गरेको ११ बुँदे सम्झौतालाई बैठकमा प्रस्तुत गरिएको थियो ।
‘पृथकतावाद छोडेर राष्ट्रिय अखण्डता कायम गर्न हामी सम्झौता गछौं’ भाषामा सचिवालयमा सहमति नजुटेको नेताहरुको भनाई छ ।
सचिवालय सदस्यहरु वामदेव गौतम र प्रवक्ता समेत रहेका नारायणकाजी श्रेष्ठले राउतसँग गरिएको सम्झौतामा आपत्ति जनाउनुभएको थियो । सम्झौता सरकारसँग गरिएको भएकाले पार्टीले स्वीकार गर्न नसकिने नेताहरुले अडान लिएका थिए ।

