सरकार र निर्वाचन आयोगविरुद्ध थप आन्दोलनमा वाम युवा र विद्यार्थी

काठमाडाैं, १९ पुस – कम्युनिष्ट गठबन्धनका युवा तथा विद्यार्थीहरुले सरकार र निर्वाचन आयोगविरुद्ध विरोधका थप कार्यक्रम सार्वजनिक गरेका छन् ।

आज बिहान बसेको संयुक्त बैठकले निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन परिणाम सार्वजनिक गर्न आलटाल गरेको र सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको विरोधमा आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको हो । बैठकले गरेको निर्णयअनुसार आज दिउँसो दुई बजे प्रदर्शनीमार्गबाट विरोध जुलुस निकालिने अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले जानकारी दिनुभयो ।

तामाङका अनुसार अखिल क्रान्तिकारी, अनेरास्ववियु, वाईसीएल र युवा संघको सहभागीतामा भृकुटीमण्डपबाट रत्नपार्कसम्म प्रदर्शन गरिने छ । यस्तै भोलि इन्धनको मूल्यवृद्धिको विरोधमा आयल निगम घेराउ गर्दै ध्यानाकर्षणपत्र बुझाउने र पुस २१ गते सार्बजनिक सडक बहस गर्ने कार्यक्रम पनि तय गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here