सरकार तानाशाह बन्न खोज्योः महामन्त्री कोइराला

काठमाडौं,२ असार । नेपाली काग्रेसका महामन्त्री डा। सशांक कोइरालाले वर्तमान सरकार केन्द्रिकृत शासनमा जान लागेको बताउनुभएको छ । आज रिपोर्टर्स क्लब नेपालमा इमुरेट्स सम्पूर्णानन्द विश्वविद्यालय बराणसीका प्राध्यापक हरिशरण उपाध्यायद्वारा लिखित पुस्तक ‘श्री जी’को लोकार्पण गर्दै सरकार तानाशाह बन्न खोजेकोले त्यसविरुद्ध सशक्त रुपमा प्रस्तुत हुने बताउनुभयो ।

प्रदेश र स्थानीय तहलाई ३० प्रतिशतभन्दा कम बजेट छुट्याइनुले सरकार केन्द्रिकृत शासनतर्फ जान लागिरहेको प्रमाणित हुँदै गएको बताउनुभयो । ओली सरकारले शक्ति केन्द्रिकृत गरी तानाशाही बन्न खोजिरहेको आरोप लगाउनुभयो । शक्तिशाली हुने महत्वाकांक्षाका कारण सरकारले सक्ने काम पनि नगरिरहेको बताउनुभयो ।

कोइरालाले बैदिक राष्ट्रगानबाट आरम्भ गरिएको पुस्तकबाट आध्यात्मक बिन्दुको प्रारम्भ भइ सबैमा आध्यात्मक चिन्ता ल्याउने आशा व्यक्त गर्नुभयो । काँग्रेसको आउदो महाधिवेसनमा बिपिको बिचारलाई आत्मसात गर्दे जान आवश्यक रहेको बताउनुभयो । नेपाली राजनितिको ठुलो शक्ति भएकाले नेपाली काँग्रेसले नै देशलाई सही मार्गमा लाने बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here