सरकार जनताप्रति जिम्मेवार छः मन्त्री बाँस्कोटा

काभ्रेपलाञ्चोक, २१ माघ। सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकार जनता र देशप्रति जिम्मेवार भएको बताउनुभएको छ ।

महाभारत गाउँपालिका–५ चारकिल्लास्थित ग्रामोन्नति माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन तथा निर्माणार्थ दुई वटा भवन शिलान्यास कार्यक्रमलाई आज सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले भन्नुभयो, “सरकारप्रति जनताको विश्वास खेर जाँदैन, सरकार जनता र देशप्रति जिम्मेवार छ ।”

उहाँले सडक, विद्यालय, अस्पताल, सञ्चार प्रविधि तथा विश्वविद्यालयमा जनताको विश्वास पोखिने बताउनुभयो ।

मन्त्री बाँस्कोटाले जनताको मागलाई ‘अधिकार’को संज्ञा दिँदै वर्तमान अवस्थामा देशको बजेटले भ्याउने जति विकास निर्माणका काम गर्दै जाने बताउनुभयो ।

मन्त्री बाँस्कोटाले यो सरकार गरीब जनताको झुपडीमा गयो, हेपिएकाको आवाज बुलन्द पार्दै गयो, समानताको कुरा गर्दै हिँड्यो भनेर केही तत्वको रातदिन निद्रा हराउन थालेको बताउनुभयो ।

मन्त्री बाँस्कोटाले संसद्मा पेश भएका कानून पास गर्न अवरोध पु¥याउनु गलत भएको धारणा राख्नुभयो । उहाँले ग्रामोन्नति माविलाई ४८ वटा कम्प्युटरको दुई वटा ल्याब व्यवस्था गर्ने घोषणा गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here