सरकार आफैँ वाम एकता भाड्न खोज्दैः कार्यवाहक अध्यक्ष वामदेव वामदेव गौतम

भक्तपुर, २ माघ -नेकपा (एमाले)का कार्यवाहक अध्यक्ष वामदेव गौतमले सत्ता छाड्नुपर्ने सरकार आफैँ वाम एकता भाड्न लागिपरेको आरोप लगाउनुभएको छ ।

समय समाज साप्ताहिकको १३ औँ वार्षिकोत्सवकोे अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले वाम गठबन्धनको सरकार बनाउन समेत सरकारले भाँजो हाल्न थालेको बताउनुभयो । उहाँले एमाले र माओवादी केन्द्रको एकता बिथोल्न र वाम सरकार बन्नबाट रोक्न कसैले नसक्ने भनाइ राख्नुभयो ।

नेता गौतमले भन्नुभयो–“नयाँ सरकार बन्न नदिए बहुमत प्राप्त वाम गठबन्धनले संविधानको अधिकार प्रयोग गरेर संविधानसभा बैठक बोलाउँछ, बैठक बस्छ, आफँै नयाँ सरकार बनाएर सिंहदरबारबाटै नयाँ सरकार सञ्चालन गर्छौ ।”

कार्यक्रममा प्रतिनिधिसभा सदस्य महेश बस्नेतले भक्तपुरलाई ३ नंबर प्रदेशको राजधानी बन्नेमा कसैले नरोक्ने बताउनुभयो ।

नेकपा (माओवादी केन्द्र)का सचिवालय सदस्य दीलिप प्रजापतिले नयाँ कम्युनिष्ट पार्टी निर्माणसँगै देशको विकास निर्माणले तीव्रता लिने चर्चा गर्नुभयो ।

कार्यक्रममा समय समाज प्रकाशन प्रालिले पत्रकारितामा योगदान पु¥याएवापत अन्नपूर्ण पोष्ट दैनिकका सम्वाददाता गोपीकृष्ण ढुङ्गानालाई रु दुई हजार ५०० सहित सम्मान गरियो ।

त्यसैगरी नियमितरुपमा कथा लेखेर योगदान पु¥याएवापत पत्रकार एवं साहित्यकार रमेश गिरी, प्रकाशकुमार कार्की र शंकरबहादुर बुढाथोकीलाई सम्मान गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here