‘सरकारी दरको घडेरी विवेकशील साझाका सांसदले नलिने’

काठमाडाैं, २७ माघ – हेटौंडा उपमहानगरपालिकाले प्रदेश ३ का सांसदलाई सरकारी दरमै दिने घडेरी विवेकशील साझा पार्टीका सांसदले नलिने घोषणा गरेका छन् ।

साथै उनीहरुले प्रचलित बजार मूल्यभन्दा निकै कम मुल्यमा सरकारी स्वामित्वको जग्गा सांसदलाई दिनु भ्रष्टाचार भएको दावी गरेका छन् । विवेकशील साझा पार्टीका प्रदेश ३ का संसदीय दलका नेता रमेश पौड्यालले अाज विज्ञप्तिमार्फत सांसदलाई घडेरी दिने निर्णयको विरोध गर्नु भएको हो ।

प्रदेश ३ मा विवेकशील साझाका तीन जना सांसद छन् । हेटौंडा उपमहानगरपालिकाले शुक्रबार प्रदेश नंबर ३ का प्रदेश सांसदलाई ५ वर्षभित्र पैसा तिर्न सक्ने गरी सहुलियतमा सरकारी जग्गा घडेरीका रुपमा दिने निर्णय गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here