सरकारी चिकित्सकको आन्दोलनका कारण देशभर स्वास्थ्य सेवा प्रभावित

काठमाडौं, १५ फागुन । सरकारी डाक्टरको आन्दोलनका कारण देशभरका अस्पतालमा आकस्मिक बाहेका सबै सेवा प्रभावित भएका छन् । लाखौं बिरामी मर्कामा परेका छन् । देशभरका १४ सय सरकारी डाक्टरले बुधबारदेखि आकस्मिक बाहेकका सबै सेवा बहिस्कार गरेपछि बिरामीको उपचार प्रभावित भएको हो ।

कर्मचारी समायोजन विधेयकमा आफूलाई अन्याय गरेको भन्दै विधेयक सच्याउन माग गर्दै आएका डाक्टरले बुधबारदेखि आकस्मिक बाहेकका कक्षमा काम बहिस्कार गरेका हुन् ।

थोरै रहेका सरकारी डाक्टरलाई सेवा सुविधा दिएर सरकारी सेवाप्रति आकर्षित गर्नु पर्नेमा झन् निरुत्साहीत पार्न खोजेको भन्दै आन्दोलन गर्नुपरेको सरकारी चिकित्सक संघ गोदानका अध्यक्ष दिपेन्द्र पाण्डेले बताउनुभयो । उनीहरुले बुधबार परेको स्वास्थ्य सेवा दिवस पनि बहिस्कार गर्ने घोषणा गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here