सरकारी कार्यालयबाट हुने भुक्तानी अब बैक खाताबाटै, चेकको झन्झटिलो खतम

काठमाडौं, १५ फागुन, सिंहदरबारभित्रका सरकारी कार्यालयहरुबाट हुने भुक्तानी आजदेखि बैक खाताबाट हुने भएको छ । सिंहदरबार भित्रका २२ कार्यालयहरुको भुक्तानी फर्म, कम्पनी या संस्थाको बैंक खातामा जम्मा हुने भएको हो ।

यसका लागि महालेखा नियन्त्रक कार्यालयले सुरु गरेको (इ–पेमेन्ट सिस्टम) को परीक्षण चरणको काम आजबाट सुरु हुन लागेको महालेखा कार्यालयले जनाएको छ ।
सिंहदरबार भित्रका कार्यालयहरुबाट गर्नुपर्ने २५ हजार रुपैया माथीको भुक्तानीका लागि चेक नकाटिने भएको हो । भुक्तानी दिनुपर्ने आदेश सम्बन्धित मन्त्रालय या कार्यालयको कोष तथा लेखा नियन्त्रक कार्यालयमा पठाउदा भुक्तानी दिनुपर्ने संस्था, फर्म, या कम्पनीको बैंक खाता पनि उपलब्ध गराउनुपर्ने महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
रकम भुक्तानी गर्ने आदेश पाएपछि कोष तथा लेखा नियन्त्रकले सिधै भुक्तानी प्राप्त गर्नुपर्ने पक्षको बैंक खातामा रकम हस्तान्तरण गरिदिने व्यवस्था गरिएको छ । कोष तथा लोखा नियन्त्रकको खाता अहिले एभरेष्ट बैंकले सञ्चालन गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here