सरकारी डाक्टरले सिन्डिकेट लाद्न खोजे..आन्दोलन हुन्छः गैरसरकारी चिकित्सक संघ(विज्ञप्ती सहित)

काठमाडौं,१ माघ । सरकारी डाक्टरले स्वास्थ्य क्षेत्रमा सिन्डिकेट लगाउन खोजेको भन्दै गैरसरकारी चिकित्सक संघले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

सरकार र सरकारी चिकित्सा संघबीच हिजो (सोमबार)भएको ८ बुँदे सहमतिमा भएका दुई बुँदामा विरोध गर्दै गैरसकारी चिकित्सकले यसले चिकित्सा क्षेत्र प्रभावित हुने विज्ञप्तीमा उल्लेख गरिएको छ ।
गैरसरकारी चिकित्सक संघले जारी गरेको विज्ञप्तिमा भनिएको छः सहमतिको बुँदा नम्बर ४ र ६ प्रति हाम्रो आपत्ति छ । महासचिव डा रितेश थापाद्वारा जारी विज्ञप्तिमा ८० प्रतिशत डाक्टरहरुको विचार र आवाजलाई निषेध गर्न खोजिएको भन्दै नसच्याइँए संघले कडा कदम चाल्ने चेतावनी दिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here