बुटवल, ७ साउन- नेकपाका स्थायी कमिटी सदस्य तथा प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले अनशनरत प्रा डा गोविन्द केसीको आन्दोलन गलत उद्देश्यले प्रेरित भएको र नेपाली काँग्रेस केसीका मागलाई भन्दा सरकारलाई असफल बनाउन आन्दोलनमा उत्रिएको बताउनुभएको छ ।
नेकपाका सस्थापक महासचिव पुष्पलालको ४० औंँ स्मृति दिवसका अवसरमा पार्टी रुपन्देही क्षेत्र नं २ ले आज यहाँ आयोजना गरेको स्मृति कार्यक्रममा मुख्यमन्त्री पोखरेलले विगतमा काँग्रेसकै नीतिका कारण शिक्षा र स्वास्थ्यमा निजी क्षेत्रको लगानी भएको बताउँदै विगतमा शिक्षा र स्वास्थ्यमा लगानी गराउन उत्प्रेरित गर्ने काँगे्रसले अहिले सडकमा आन्दोलन गर्नु अनुपयुक्त छ भन्नुभयो ।

