सरकारले विभिन्न समुदायको धर्मलाई ख्यालनै नगरि विदा कटौती गर्नु गलतः सभापति देउवा

काठमाडौं,१५ बैशाख–  नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अब पार्टी एक ढिक्का भएर जाने बताउनुभएको छ । राजधानी आजदेखिसुरु मुस्लिम संघ नेपालको दोस्रो केन्द्रीय महाधिवेशनलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सभापति एवं पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाले छिट्टै पार्टीको महासमितिको बैठक बस्ने बताउनुभयो ।

उहाँले सो बैठकले संघीय संरचनाको स्वरुप अनुरुप समावेशी सिद्धान्त अनुसार पार्टीको विधान संसोधन गर्दे मुस्लिमहरुलाई आरक्षणको व्यवस्था गर्ने बताउनुभयो ।

नेपाली कांग्रेसले हरेक धर्मलाई समान रुपले हेर्ने भएकाले सबैलाई आ–आफ्नो धर्म र संस्कृति अनुसारका पर्वमा सार्वजनिक विदा दिएको उल्लेख गर्दै उहाँले अहिलेको सरकारले विदा कटौति गरेकोमा आपत्ती जनाउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here