सरकारले निर्धारण गरेको मुल्य तिर्न चिनी उद्योगी सहमत

काठमाडौँ,२६पुस । सरकार र उखु व्यवसायीबीच सहमति भएको छ । सरकारले निर्धारण गरेको मूल्यमा उखु खरीद गर्न चिनी उद्योगीले पनि सहमत जनाएका छन् ।

हिजो महोत्तरीको बर्दिवासमा किसान र उद्योग प्रतिनिधिबीच भएको छलफलपछि प्रतिक्विन्टल ५३६ दरले उखु खरीद गर्नका लागि उद्योगी तयार भएका हुन् ।

उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीका अनुसार चिनी उद्योगीले तत्कालै चिनी मिल सञ्चालन गर्ने, किसानसँग उखु खरीद गरेको ४५ दिनभित्रमा किसानलाई उखुको रकम भुक्तानी गर्ने र उद्योगसँग मौज्दात रहेको चिनी नेपाल सरकारलाई खरीद गर्न आग्रह गर्ने सहमति भएको हो ।

सरकारले चालू आर्थिक वर्ष २०७५/७६ का लागि उखुको न्यूनतम खरीद मूल्य प्रतिक्विन्टल र ५३६ निर्धारण गरेको छ । आजको छलफलमा १४ वटा चिनी कारखानामध्ये १२ वटा चिनी कारखानाका सञ्चालक र किसानका प्रतिनिधिको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here