सरकारले दुई दर्जन कार्यालयको साइनबोर्ड खारेज गर्दै

काठमाडौं,२६ चैत–  संघीयता कार्यान्वयनमा आएसँगै जिल्लामा रहेका दुई दर्जन भन्दा बढी सरकारी कार्यालय खारेज हुने भएका छन् । चैत २८ गतेसम्म सञ्चालनमा रहने जिल्ला सरकारी कार्यालय २९ गते बाट खारेज हुने भएका हुन् ।
खारेज हुन लागेका जिल्लाका सरकारी कार्यालयमा साइनबोर्ड हटाउन सुरु गरिएको संघीय तथा समान्य प्रशासनमन्त्री लालबाबु पण्डितले बताउनुभयो । उहाँका अनुसार ती कार्यालयको चलअचल सम्पत्ति स्थानीय तहमा हस्तान्तरण गर्ने प्रक्रिया पनि सुरू भएको छ ।
सम्पत्ती स्थानीय तहमा हस्तान्तरण गर्न ७७ वटै जिल्लामा जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा ४ सदस्यीय समिति गठन गरेको छ ।

खारेजी हुने सरकारी कार्यालयको जग्गा, कार्यालय भवन, गाडी, फर्निचर, मेसिनरी, चलअचल सबै सम्पत्ति, अब स्थानीय तहमा हस्तान्तरण हुने भएका छन् ।
संघीय तथा समान्य प्रशासन मन्त्रालयका अनुसार जिल्ला स्वास्थ्य, वन, सिँचाइ, खानेपानी, हुलाक, कृषि विकास, पशु सेवा, जल उत्पन्न तथा प्रकोप व्यबस्थाप, सहकारी कार्यालय, प्राविधिक, भेटनरी, भूमिसुधारलगायत कार्यालय खारेज हुदैछन् ।
खारेज भएका सरकारी कार्यालयका सबै कर्मचारी अब स्थानीय तह मातहतमा आउनेछन् ।

जिल्ला शिक्षा कार्यालय भने तत्काल खारेज नहुने भएको छ । आगामि असारसम्मका लागि जिल्ला शिक्षा कार्यालय खारेज नहुने भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here