सरकारले जारी गरेको नयाँ मर्यादाक्रमप्रति निर्वाचन आयोगको पनि आपत्ति

काठमाडौँ,४माघ । नेपाल सरकारले हालै जारी गरेको नयाँ मर्यादाक्रमलाई संशोधन गर्न निर्वाचन आयोगले आग्रह गरेको छ । आयोगको शुक्रबार बसेको पूर्ण बैठकले सरकारलाई हालै निर्धारण गरेको मर्यादाक्रमलाई संशोधन गरी संवैधानिक निकायका पदाधिकारीहरुलाई उक्त निकायका प्रमुखको लगत्तै पछाडि कायम गर्न समेत आग्रह गरेको हो ।

आयोगले आज एक विज्ञप्ति जारी गर्दै नयाँ मर्यादाक्रमले आफ्नो गम्भिर ध्यानाकर्षण गराएको भन्दै संवैधानिक परिषदको सिफारिसमा संसदीय सुनुवाई समितिबाट अनुमोदन भई राष्ट्रपतिबाट नियुक्त हुने संबैधानिक निकायका पदाधिकारीहरुको मर्यादाक्रम कार्यकारी निर्णय एवं सिफारिसका आधारमा नियुक्त हुने सरकारका कर्मचारी भन्दा धेरै तल राखिनुले पदहरुको अपमान हुनेमात्र नभई समग्रमा संबैधानिक निकायको संस्थागत गरिमा तथा मान सम्मानमा समेत आँच आउने आयोगको ठहर छ ।

त्यस्तै आयोगले मर्यादाक्रम निर्धारण गर्दा संबैधानिक पदाधिकारीहरुको नियुक्ति प्रकृया, संघीय संरचनामा संबैधानिक निकायको भूमिका तथा कार्यक्षेत्र अन्तर्राष्ट्रिय प्रचलन र परम्परा एवं प्रचलित कानुनलाई आधार मान्नुपर्नेमा सरकारले विधि र प्रक्रिया मिचेको आरोप लगाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here