सरकारले जनहितमा काम गर्न नपाएको प्रधानमन्त्रीको गुनासो

काठमाडाैं, १३ माघ – प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो नेतृत्वको सरकारले जनहितमा काम गर्न नपाएको गुनासो गर्नुभएको छ ।

वीपी स्मृति सामुदायिक सहकारी अस्पतालको दशौं बार्षिक साधारणसभाका अवसरमा शनिबार गरिएको कार्यक्रममा प्रधानमन्त्री देउवाले आफू प्रधानमन्त्री भएलगत्तैबाट निर्वाचन आचारसंहिता लाग्दै आएकाले जनताको पक्षमा निर्णय गर्न कठिन भएको बताउनुभएको हो ।

आफूले जनहितमा कुनै निर्णय गर्न आँट्यो कि निर्वाचन आचारसंहिताले रोक्ने गरेको उहाँको भनाइ थियो । उहाँले कतिपय जनमैत्री निर्णय हुँदा पनि अनावश्यक टिप्पणी हुनु दुःखद भएको बताउनुभयो ।

प्रधानमन्त्री देउवाले राष्ट्रियसभा निर्वाचन सकिनासाथ आफूले सरकार छाड्ने भन्दै निर्वाचन सम्पन्न गर्न बनेको सरकार निर्वाचन नसकिँदै बिदा हुनुपर्ने भन्ने तर्क संविधान विपरीत रहेको बताउनुभयो । उहाँले सहकारीका माध्यमबाट अस्पताल सञ्चालन गरेर जनमैत्री काम हुनु प्रशंसनीय भएको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here