सरकारले जनताको विश्वास गुम्न दिनुहुँदैन : पूर्वउपराष्ट्रपति

काठमाडौँ, ७ पुस: पूर्वउपराष्ट्रपति परमानन्द झाले अहिलेको सरकारले जनताको विश्वास गुम्न दिन नदिने बताउनुभएको छ ।
नागरिक एकता समाजको आज भएको ११औँ वार्षिकोत्सव कार्यक्रममा उहाँले वर्तमान सरकारले जनताको भलाइका लागि काम गरिरहेको उल्लेख गर्नुभयो ।

उहाँले केपी ओली नेतृत्वको सरकार बलियो भएको उल्लेख गर्दै अझै जनताको विश्वास नगुमेको बताउनुभयो । कार्यक्रममा उहाँले विभिन्न प्रतिभालाई सम्मान गर्न सके उनीहरुको प्रतिभा बाहिर आउन सघाउ पुग्नेमा जोड दिनुभयो ।

सो अवसरका पूर्वउपप्रधानमन्त्री सिपी मैनालीले अन्य क्षेत्रमा भन्दा आर्थिक समृद्धिका लागि काम गर्नु आवश्यक रहेको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here