सरकारले जनचाहनाअनुसार नै काम गर्छः प्रधानमन्त्री

काठमाडाैँ, १९ माघ। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जनचाहनाअनुसारको काम गर्नेमा ढुक्कहुन आग्रह गर्नुभएको छ । परिवर्तनको संवाहक जनता भएकाले सरकारले जनचाहनालाई उपेक्षा गर्न नसक्ने बताउनुभयो ।

चिकित्सक तथा साहित्यकार डाक्टर अरुण सायमीद्वारा लिखित ‘मेरो जीवन कथा’ पुस्तकको आज लोकापर्ण गर्दै प्रधानमन्त्री ओलीले जनआन्दोलनबाट प्राप्त उपलब्धि संस्थागत गर्न सरकार लागिपरेको जिकिर गर्नुभयो ।

कुनै एउटा व्यक्ति, क्षेत्र, समुहमात्र आन्दोलनमा सरिक नभई सिङ्गै जनताको प्रयासबाट मात्र लोकतन्त्र र गणतन्त्र ल्याउन सफल भएको दावी गर्नुभयो । प्रधानमन्त्री ओलीले मुलुकको समृद्धिको लागि साहित्यकारहरुको भूमिका महत्वपूर्ण हुने बताउनुभएको थियो ।

पुस्तकका लेखक डाक्टर अरुण सायमीले चिकित्सा क्षेत्रमा भोगेका देखेका र अनुभूति गरेका बिषयलाई पुस्तकको स्वरुप दिएको बताउनुभयो । डा.सायमीले पुस्तकले चिकित्सा, साहित्य र राजनीति तीनवटै क्षेत्रलाई समेटेको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here