सरकारले गर्न लागेका नयाँ काममा बुद्धिजीवी भन्नेहरूबाटै अवरोध:मन्त्री बाँस्कोटा

काठमाडौं,१४ पुस ।  सूचना प्रविधि तथा संचारमन्त्री गोकुल बाँस्कोटाले सरकारले गर्न चाहेका कामहरूमा अवरोध भइरहेको बताउनुभयो ।

काठमाडौंमा भएको क्यान फेडरेसनको २५औँ वार्षिक साधारणसभामा मन्त्री बाँस्कोटाले सरकारले घोषणा गरेका नवीन काम अदालत तथा बुद्धिजीवी भन्नेहरूबाटै अवरोध हुन थालेको गुनासो गर्नुभयो ।
विरोध र अवरोध गर्नेहरूले आफ्नो क्षेत्राधिकार बुझेर काम नगर्दा सरकारालाई काम गर्न अप्ठ्यारो पर्ने बतानुभयो । सरोकारित र सम्बन्धित निकायले आफ्नो जिम्मेवारी नबुझेर अर्काको क्षेत्राधिकार मिच्ने परिपाटीका कारण समस्या सिर्जना भएको दाबी गर्नुभयो ।
उहाँले डिजिटल नेपालको लक्ष्य पूरा गर्ने सन्दर्भमा केही अप्ठ्याराहरू श्रृजना हुने गरेको उल्लेख गर्दै विद्युतिय कारोबारसम्बन्धी ऐनहरूलाई सहज बनाउँदै लगिने बतानुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here