काठमाडौं,२० बैशाख । सरकारले आज संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ। सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले अपरान्ह ४ बजे नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेकी हुन्।
यसअघि प्रि( बजेट छलफलपछि नीति तथा कार्यक्रम आउने गरेको थियो। तर यसपटकदेखि पहिला नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागिएको हो। सरकारका नीति तथा कार्यक्रम थाहा नभई प्रि(बजेट छलफल उपयुक्त नहुने भएकाले अभ्यास सच्याइएको संघीय संसद सचिवालयले जनाएको छ।
ुबजेटका सिद्धान्त र प्राथमिकताको विषय अघि सरकारको नीति तथा कार्यक्रम छलफल उपयुक्त हुने सभामुख कृष्णबहादुर महराले जानकारी दिनुभयो । संघीय संसदका सदस्यले मतदान गरेर निर्वाचित भएपनि राष्ट्रपति बर्षमा एकपटकमात्र संघीय संसदमा उपस्थित हुने प्रचलन छ।
नीति तथा कार्यक्रम राष्ट्रपतिले पेश गर्ने परम्परा छ। नयाँ संविधानसँगै सरकारले आफ्ना गतिविधिको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश गर्ने गरेको छ।

