सरकारको नीति तथा कार्यक्रममाथि कांग्रेस र राजपाको संशोधन दर्ता

काठमाडौं,२१ बैशाख । सरकारको नीति तथा कार्यक्रममाथि नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीले संशोधन प्रस्ताव दर्ता गराएका छन् । संघीय संसद्मा सरकारको तर्फबाट शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि आज दिउँसोसम्म दुई पार्टीले संशोधन दर्ता गराएको संसद् सचिवालयले जनाएको छ । कांग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा राष्ट्रपति भण्डारीले ’मेरो सरकार’ भन्ने शब्दावली प्रयोग गरिएकोले त्यसलाई सच्चाएर ’नेपाल सरकार’ बनाउनुपर्ने माग राखेको छ ।
यस्तै, स्थानीय तहलाई हस्तक्षेप गरेर संघीयता कमजोर बनाउने खालको रहेको, सुशासन, विकास र समृद्धिका विषयहरु नीति तथा कार्यक्रममा समेट्न नसकेको कांग्रेसको टिप्पणी छ । राष्ट्रिय जनता पार्टीले पनि विभिन्न ५ बुँदामा संशोधन प्रस्ताव दर्ता गराएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here