सरकारको दम्भले सीमा नाघ्योः नेता कोइराला

काठमाडौं,१९ बैशाख ।  नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सरकारको दम्भले सीमा नाघेको आरोप लगाउनुभएको छ ।

उहाँले कम्युनिष्टहरुको ज्यादतिका विरुद्ध लड्ने समय आएको भन्दै नेता त्यसका विरुद्ध तयार रहन कार्यकर्तालाई निर्देशन दिनुभयो । नेता कोइरालाले कम्युनिष्टहरुले केन्द्रदेखि वडासम्म निषेधको राजनीति गरेर कांग्रेससँग मुठभेड निम्त्याएको जिकिर गर्नुभयो ।
नेपाली कांग्रेस भुम्लु गाउँपालिकाले काभ्रेको सल्लेमा गरेको आमसभालाई सम्बोधन गर्दै कोइरालाले आफूहरु प्रतिपक्षमा बसेर रचनात्मक सहयोग गर्न तयार भए पनि सरकार दुई तिहाईको दम्भले अगाडि बढिरहेको आरोप लगाउनुभयो । कोइरालाले आफूहरु प्रतिपक्षमा बसेर रचनात्मक सहयोग गर्न तयार भए पनि सरकार दुई तिहाईको दम्भले अगाडि बढिरहेको आरोप लगाउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here