सरकारको गति पञ्चायती शैलीको निरंकुश र शासकहरु जस्तोःनेता लेखक

काठमाडौं,२० असारः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको गति पञ्चायती शैलीको निरंकुश र शासकहरु पहिलेका राजा तथा महाराजाजस्तो भएको लगाउनुभयो ।

‘सरकारको गतिविधि हेर्दा शासन पञ्चायतीजस्तो र शासकहरु राजा र महाराजाजस्ता देखिन्छन्, यो ठीक छैन, सरकारका गतिविधिहरु हुकुमी शैलीका आदेशमा चलेका छन्, कानूनमा होईन, गफ बढि दिने तर काम कम देखियो।’

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै  सरकारका गतिविधिहरुका कारण लोकतान्त्रिक मुल्य र मान्यताहरु कमजोर बनेको आरोप लगाउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here